ताजा समाचार

श्रावण ३० गते २०७६

बलात्कार गर्न खोज्नेमाथि बालिकाले गरिन् खुकुरी प्रहार

-एक जना बालिकाले आफुलाई बलात्कार गर्न खोज्ने पुरुषमाथि खुकुरी प्रहार गरेकीछिन् । झापाको बुद्धशान्ति गाउँपालिकाकी १३ बर्षीया बालिकाले बलात्कार गर्न खोजेपछि प्रतिकार गर्न खुकुरी प्रहार गरेकीहुन् । उनले आफुमाथि बलात्कार गर्न खोज्ने धनकुटाको पात्लेखोलाका सन्तोष गुरुङमाथि खुकुरी प्रहार गरेकी हुन् । घटनापछि स्थानीय युवाले गुरुङलाई प्रहरीकहाँ बुझाएका छन् । गुरुङले बालिकामाथि यसअघि पनि पटक पटक बलात्कार गर्ने गरेको खुल्न आएको छ ।

बालिकाको आमा बैदेशिक रोजगारीका लागि बिदेश गएको र बुवा गाउँमै मजदुरी गर्ने गर्छन् । दिउँसै घरमा कोही नभएको मौका छोपेर बलात्कार गर्ने गरेको पीडित बालिकाले बताएकीछिन् ।

गुरुङले बलात्कारको बिषयमा कसैलाई भने बुवालाई मारिदिने र आमाको शव पनि बाकसमा आउँने भन्दै धम्की दिने गरेका थिए । उनले पनि धम्कीकै कारण घटना अहिलेसम्म कसैलाई भन्न नसकेको बताएकीछिन् ।