ताजा समाचार

श्रावण ३० गते २०७६

कांग्रेस सभापति देउवासहित शीर्ष नेता पोखरा आउँदै

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्षनेताहरू शुक्रबार पोखरा आउने भएका छन् ।

कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्धारा महाधिवेशन प्रतिनिधिका लागि आयोजित गण्डकी प्रदेशस्तरीय प्रशीक्षणको उद्घाटन गर्न देउवासहित शीर्षनेता पोखरा आउने भएका हुन् ।

उनीसँगै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि महामन्त्री सशांक कोइराला, कृष्ण सिटौला लगायतका नेताहरू आउने भएका छन् ।

कार्यक्रम कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–१७ बिरौटास्थित बराल पार्टी प्यालेसमा बिहान साढे १० बजे सुरु हुनेछ ।

कार्यक्रम गण्डकी प्रदेशका ४ सय जनाभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता हुने कांग्रेस जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए । केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका पदाधिकारी पोखरा आईसकेका छन् ।

गण्डकी प्रदेशका ११ जिल्लाका महाधिवेशन प्रतिनिधि पोखरा आउनेक्रम शुरु भएको छ । गण्डकी प्रदेशस्तरीय प्रशिक्षणको सम्पूर्ण तयारी पूरा भएको बताइन्छ ।