ताजा समाचार

श्रावण ३० गते २०७६

मुख्यमन्त्री शाहीलाई लक्षित गरी फेरि दुई बम विस्फोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि आज पनि बम विस्फोट भएको छ ।

पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउने क्रममा कृषि क्याम्पस नजिकै विप्लव कार्याकर्ताले २ वटा बम बिस्फोट गराएका हुन् ।

अहिले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । बिस्फोट तिन सय मिटरको दुरिमा भएको ले विस्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले बताए । बुधबार पनि पचालझरना गाउँपालिकाको विशेष अधिवेशन उद्घाटन गर्दै गर्दा बम विस्फोट भएको थियो ।