ताजा समाचार

श्रावण ३० गते २०७६

वडाध्यक्षलाई कालो मोसो र चप्पलको माला

कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ।

मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको छ ।

वडाध्यक्ष थापालाई विप्लव समूहले वडामा आएको बजेट हिनामिना गरेको, राजस्व संकलनमा मनलाग्दी गरेको, आफन्तलाई छुट दिएर अरुबाट कर लिएको,विद्यालय लगायतमा भ्रष्टाचार तथा अनियमितताको आरोप लगाउँदै आएको थियो।