ताजा समाचार

श्रावण ३० गते २०७६

मितेरी नारी समूहको उदाहरणीय कार्य

- तीज खर्च गरिव विद्यार्थीको पढाईमा

लेकसाईडका पर्यटन व्यवसायाी महिलाहरूले भड्किलो तीजमा गरिने खर्चलाई ल्याण्ड फिल्ड साईडमा काम गर्ने गरिब विद्यार्थीको पढाईमा खर्च गर्ने भएका छन् ।

लेकसाइडको मितेरी नारी समूहका महिलाहरूले आफ्नो तीज खर्चलाई रोल्पा स्थाई घर भई पोखराको ल्याण्डफिल्ड साईडमा काम गर्दै स्कुल पढ्ने सुबिना घर्तीमगरको पढाईमा खर्च गर्ने निर्णय गरेका हुन् । १२ वर्षीया सुविना मझेरी पाटनको रामेश्वरी माविको कक्षा ६ मा अध्ययनरत छन् ।

नारी समूहकी अध्यक्ष मिरा पौडेलले तीज सबै महिलाको समान उत्सवको पर्व भएको भन्दै उत्सवमा रमाईलो गर्ने पैसा अर्को नारीको खुशीका लागि लगानी गर्ने निर्णय गर्न पाउँदा निकै खशी लागेको बताइन् ।

उनले भनिन्, ‘नारीको वेदना नारीले नै वढी वुझ्नु पर्छ भन्दै हामीले तीजमा गर्ने खर्चलााई सुविनाको कक्षा १२ सम्मको अध्ययनका लागि लाग्ने सबै खर्च वेहोर्ने निर्णय गरेरका हौं ।’

आउँदा वर्षहरूमा अन्य खालका फजुल खर्च हुने क्षेत्रमा पनि कर्च कटौती गर्ने अभियान चलाउने योजना रहेको पनि अध्यक्ष पौडेलको भनाई थियो ।

सुविनाका वावु–आमा विगत १७ वर्षदेखि ल्याण्डफिल्ड साईडमा काम गर्दै आईरहेका छन् भने विदाको समयमा सुविना पनि सोहि काममा व्यस्त हुने गरेकी छन् ।

उनीहरूका ३ छोरीमध्येकी कान्छी सुविनाको बाँकी अध्ययनका लागि लाग्ने पोाशाक, स्टेशनरी सामाग्री र अध्ययनका लागि आवश्यक पर्ने अन्य कुनै पनि खर्च मितेरी आमा समूहले गर्ने अध्यक्ष पौडेलको भनाई छ । समूहले विगतका वर्षहरूमा पनि महिला सशक्तिकरण र अन्य कामहरू गर्दै आएका छन् ।