ताजा समाचार

श्रावण ३० गते २०७६

मगर महिलालाई प्रस्तावना लेखन तालिम

नेपाल मगर महिला संघ, जिल्ला समन्वय समिति कास्कीद्धारा आयोजित २ दिने प्रस्तावना लेखन तालिम सकिएको छ ।

तालिमको समापनमा नेपाल मगर महिला संघ गण्डकी प्रदेशकी कोषाध्यक्ष तुलसी थापामगरले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गरिन् ।

नेपाल मगर महिला संघ पोखरा महानगर समितिकी अध्यक्ष ज्योती थापामगरले प्रस्ताव लेखन तालिमले मगर महिलाहरूलाई कार्यक्रम आयोजनाका लागि आर्थिक स्रोत जुटाउन सहज हुने विश्वास व्यक्त गरिन् ।

तालिमकी प्रशिक्षार्थी मुनु थापामगरले तालिम आफ्ना लागि फलदायी साबित भएको भन्दै प्रस्तावना लेखनका बारेमा आफू प्रष्ट भएको बताइन् ।

नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगरले हरेक एकाइमा कार्यरत मगर महिलाहरूलाई प्रस्ताव लेखनमा पोख्त बनाउन तालिम आयोजना गरिएको बताइन् ।

यसैगरी समितिकी सचिव ईश्वरी थापामगरले प्रस्तावना लेखनका लागि अरु कसैको भर पर्नु नपरोस् भनेर यस तालिमको आयोजना गरिएको बताइन् ।

तालिमका प्रशिक्षक रूद्रबहादुर श्रीसमगरले कुनै पनि कार्यक्रम वा योजना कार्यान्वयनका लागि प्रस्ताव लेखनको महत्वपूर्ण भूमिका हुने बताए ।