ताजा समाचार

श्रावण ३० गते २०७६

मदनमणि दीक्षितको निधनले प्रधानमन्त्री मर्माहत

प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार मदनमणि  दीक्षितको निधनले मर्माहत भएको जनाएका छन् । 

उनले विहीबार बिहान ट्विट गर्दै भनेका छन् ,“वरिष्ठ साहित्य साधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको  निधनको खबरले मर्माहत भएको छु । नेपाली वाङ्मय क्षेत्रले उहाँको योगदानलाई सदा स्मरण गर्नेछ । स्वर्गीय दीक्षित प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।”

९७ वर्षको उमेरमा दीक्षितको आज विहान निधन भएको हो ।