ताजा समाचार

श्रावण २९ गते २०७६

पोखराको संगम एकेडेमीलाई बल

पोखरा महानगरपालिका वडा नं. १३ स्थित संगम एकेडेमीलाई लागि १० थान बल सहयोग गरिएको छ । एकेडेमी हालै सञ्चालनमा आएको हो । एकेडेमीमा प्रशिक्षण लिने ३० जनामध्ये ३ जना बालिका छन् ।

अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापा र सहारा क्लब हङकङका अध्यक्ष तथा संगम क्लब हङकङका कार्यकारी सदस्य दिपक गुरुङले ५/५ थान बल हस्तान्तरण गरेका हुन् ।

संगम क्लबले करिब १ महिना अघिबाट एकेडेमीको शुरुवात गरेको हो । २०६८ सालमा क्षेत्रीय च्याम्पियन बन्दै ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेको संगमको शाख पोखरामा राम्रो छ ।

‘अब त खेलाडी आफ्नै क्लबले उत्पादन गर्दा राम्रो हुँदोरहेछ’, माया गुरुङ भन्छिन्, ‘त्यही भएर पनि एकेडेमी संचालन गरेका हौं ।’ संगम नेपालको ए डिभिजनमा खेल्ने कास्कीको १ मात्र क्लब क्लब हो ।