ताजा समाचार

श्रावण २९ गते २०७६

आगलागीको घटनाप्रति दुःख व्यक्त

पोखरा उद्योग वाणिज्य संघ र पोखरा चेम्बर अफ कमर्स कास्कीले पोखरा–८, न्युरोडको एस मिनी मार्केटमा मंगलबार भएको आगजनीको घटनाप्रति दुःख प्रकट गरेको छ ।

पोउवासंघका अध्यक्ष दामु अधिकारी, चेम्बर अफ कमर्स कास्कीका कार्यबाहक अध्यक्ष प्रेमबहादुर भुजेल र महासचिव उमराज बाँस्तोलाले छुट्टाछट्टै विज्ञप्ति प्रकाशित गरी अकल्पनीय र अप्रत्यासित रुपमा भएको आगजनी भएको घटनाबाट मिनीमार्केटमा व्यवसायी गरी बसेका तमाम व्यवसायीहरुको पसल पूर्णरुपमा क्षति भएकोमा दुःख प्रकट गरिएको छ ।

विज्ञप्तिमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारी समेतको लगानीमा मार्केट निर्माण गरी सञ्चालन गरिएको उल्लेख छ ।

विज्ञप्तिमा मार्केटमा फ्लोरिङ, फर्निसिङ, फेन्सी, फलफूल, खाजा पसल, ग्लास हाउस, साडी कुर्ता एवं कपडा पसल समेत सञ्चालन गरेका सम्पूर्ण व्यवसायीको ४ करोड ७९ लाख बराबरको क्षति भएको जनाइएको छ ।

आगोलागीको संवेदनशील घटनाबाट प्रभावित व्यवसायीहरुलाई विचलित नहुन आग्रह गर्दै दुवै संस्थाले सम्बन्धित पक्षलाई सक्दो सहयोग गर्न अपिल गरिएको छ ।