ताजा समाचार

श्रावण २९ गते २०७६

सिमलचौरमा कृष्ण झुला महोत्सव

राष्ट्रिय परोपकार महासंघ पोखरा नगर समितिको संयोजनमा कृष्ण झुला महोत्सव हुने भएको छ । कार्यक्रममा राष्ट्रिय परोपकार महासंघका केन्द्रीय अध्यक्ष भाष्कर गुरु कमलनयन गौतमबाट प्रर्वचन हुनेछ ।

कार्यक्रमका लागि पोखरा समितिको संयोजमा सांग्रिला मरासिनी, जाल्पादेवी महिला उत्थान समूहका अध्यक्ष कान्ता अधिकारीको संयोजकत्वमा शारदा गिरी, राधा केसी, शकुन्तला गिरी, खीम कुमारी बराल, सविना विजुक्छे, पवित्रा केसी, संगीता काफ्ले, कल्पना क्षेत्री रहेको आर्थिक व्यवस्थापन समिति गठन गरीएको छ ।

स्थानीय सहयोगी व्यवस्थापनमा जाल्पादेवी टोल सुधार समिति, सृजना विकास केन्द्र, सृजना सहकारी र सम्पूर्ण टोल सुधार समिति रहेको आयोजक समिति गठन गरिएको छ ।

महोत्सवलाई हरेक वर्ष फरक–फरक स्थानमा गरिंदै आए बमोजिम यस वर्ष सिमलचौरमा आयोजना गर्न लागिएको नगर अध्यक्ष रेणु थापाले बताइन् । कृष्ण झुलासहित उक्त दिन कृष्ण चरित्रसंग सम्बन्धील कथा प्रवचन, नृत्य प्रस्तुति रहनेछ ।

कार्यक्रमलाई सफल बनाउन पोखरा महानगरपालिका वडा नं. ८ ले आर्थिक व्यवस्थापन गरिने अध्यक्ष रुद्रनाथ बरालले बताए ।

कार्यक्रममा जाल्पादेवी टोल सुधार समितिका अध्यक्ष गणेशबहादुर अधिकारी, वडा सदस्य कृष्ण मा ठुसाजु, सृजना महिला बचतका अध्यक्ष पवित्रा केसी, जाल्पादेवी महिला समूहका संस्थापक अध्यक्ष शारदा सुवेदी लगायतले कार्यक्रमलाई प्रभावकारी बनाउन सबै लाग्नुपर्ने बताए ।