ताजा समाचार

श्रावण २९ गते २०७६

कतारमा पतिको मृत्युपछि गर्भवती पत्नीले गरिन् आत्महत्या

कतारमा रहेका पतिको ज्यान गएको खबर आएपछि ७ महिनाकी गर्भवती पत्नीले आत्महत्या गरेकी छन् । पौडी खेल्ने क्रममा समुद्रको छालले बगाएर आइतबार धनकुटाको साँगुरीगढी–३ का ३३ वर्षीय ललितबहादुर लिम्बूको मृत्यु भएको हो ।

समुद्र किनारमा पौडी खेल्न गएका उनीसहित बगेका २ जनाको भने सकुशल उद्दार भएको । घटनाको एक घण्टापछि प्रहरीले उद्धार गरे पनि अस्पताल पुर्‍याउँदा लिम्बूको मृत्यु भइसकेको पतषृ ,्

घटना फोनबाट जानकारी पाएपछि मोरङको सुन्दरहरैचा–५ सिद्धार्थ टोल बस्ने उनकी पत्नी ३१ वर्षीया टीकाकुमारी थापा लिम्बूले आत्महत्या गरेकी हुन् । उनी सात महिनाकी गर्भवती थिइन् । उनले सोमबार साँझ ६ बजे बाथरुममा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

छोराबुहारीको मृत्युले ७० वर्षीय हर्कराज र ५९ वर्षीया हर्करानी शोकाकुल छन् ।