ताजा समाचार

श्रावण २९ गते २०७६

भलिबल टोलीका कप्तान इम राना घाइते

नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान इम राना घाइते भएका छन् ।

अफगानिस्तानसँगको मैत्रीपूर्ण खेलका क्रममा उनी घाइते भएका हुन् । 

तेस्रो सेटको खेल चलिरहँदा उनको दायाँ खुट्टाको मसलमा समस्या आएपछि उनी बाहिरिएका हुन् ।

आजै उनको एक्स-रे पछिको रिपोर्ट अनुसार खेल्‍ने अथवा नखेल्ने टुंगो लाग्ने छ । यद्पि सेन्ट्रोल जोन भलिबलसम्म आफू फिट हुने उनले बताएका छन् ।