ताजा समाचार

श्रावण २९ गते २०७६

झापामा अन्तर्राष्ट्रिय गोल्डकप हुदै

.

आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ । प्रतियोगितामा दुई विदेशी टिमसहित नेपालका विभागीय टोलीको सहभागिता रहने मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको थियो ।

विगत दुई वर्षदेखि खेलकूद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबको आयोजनामा प्रतियोगिता हुने र प्रदेश नं १ को झापालाई खेलकूद क्षेत्रको ‘हव’का रुपमा विकास गर्न प्रतयोगिता आयोजना गरिएको क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिएका थिए ।

प्रतियोगिताको विजेता टिमले नगद रु १२ लाख ५० हजार र उपविजेता टिमले रु छ लाख २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न झण्डै रु ८० लाख लाग्ने बताइएको छ ।