ताजा समाचार

श्रावण २९ गते २०७६

नेपालले नादेज्दा कप खेल्ने

नेपाली महिला राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि किर्गिस्तानमा हुने नादेज्दा कप फुटबल प्रतियोगितामा खेल्ने भएको छ ।

आगामी सेप्टेम्बर ६ देखि १४ तारिखसम्म किर्गिस्तानमा हुने प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, ताजिकिस्तान र उज्वकिस्तानको सहभागिता रहनेछ ।

किर्गिस्तानको आग्रहमा नेपाली टोलीले सहभागिता जनाउन लागेको हो । नेपाली टोली डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुने सागको तयारीमा छ ।

प्रशिक्षक हरि खड्काले खेलाडीलाई प्रशिक्षण गराई रहेका छन् । नेपाल सागको साविक उपविजेता टोली हो ।