ताजा समाचार

श्रावण २८ गते २०७६

साझा पार्टीको साझा युवा संगठन घोषणा

साझा पार्टीले आफ्नो भातृ संगठन साझा युवा संगठनको प्रारम्भिक कमिटी मंगलबार गठन गरेको छ ।

युवा नेता तथा साझा पार्टीका केन्द्रीय सदस्य अब्दुस मियाँ संयोजक रहेको संगठनले सरोज गौतम महासचिव रहने गरी प्रारम्भिक समिति घोषणा गरेको हो । कास्की घर भएका गौतम पेशाले आईटी इन्जिनियर हुन् ।

संगठनले सुसंस्कृत राजनीतिलाई गाउँगाउँसम्म पुर्याउनका लागि साझा युवाको संगठन निर्माण गर्ने साथै पूर्ण केन्द्रीय समितिको घोषणा आगामी असोज ५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
घोषणा कार्यक्रमलाई प्रभावकारी बनाउन केही विभागीय टिम समेत निर्माण भएको छ । जसअनुसार संगठन निर्माण टिमको नेतृत्वमा इन्जिनियर मनोज पहारी, प्रचार टिमको नेतृत्व जितेन्द्र खतिवडा, विधान लेखन समितिको नेतृत्व प्रकृति पहारी, आर्थिक समितिको नेतृत्व आरजु लोहनी र लजिस्टिक म्यानेजमेन्टको नेतृत्व पदम बुढा मगरले गरेका छन् ।

संगठन विभागको जिम्मा लिएका मनोज पहारी पेशाले सिभिल इन्जिनियर हुन् । लामो समय ‘टिच फर नेपाल’ मा रहेर काम गरेका थिए । यसैगरी प्रकृति पहारी आइटी इन्जिनियर हुन् ।

जितेन्द्र खतिवडा चलचित्र निर्माता हुन् भने आरजु लोहनीले विभिन्न सामाजिक अभियानको नेतृत्व गरेकी छन् ।