जनैपूर्णिमाको दिन गाउँपालिकाले दियो बिदा


सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमाको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको ६५औं कार्यपालिकाको बैठकले यही साउन ३० गते रक्षा बन्धन र जनैपूणिर्मा परेकोले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सोही पर्वका अवसरमा गाउँपालिकामा रहेका ऐतिहासिक तीर्थस्थलहरु पाचँपोखरी र रैथानेश्वरीमा मेला लाग्ने भएकाले सार्वजनिक विदा दिइएको अध्यक्ष टासी लामाले बताए ।

सोही दिन पाचँपोखरी तेस्रो हाफ म्याराथन प्रतियोगितासमेत आयोजना हुने भएकाले पनि गाउँपालिकाभरी सार्वजनिक विदा दिने निर्णय गरिएको उनले बताए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं