ताजा समाचार

श्रावण २८ गते २०७६

अमेरिकी दूतावासले सन्दीपलाई दियो भिसा

चौतर्फी आलोचना भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेलाई भिसा दिएको छ ।

मंगलबार बिहान दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । उनले भिसा नदिएपछि ट्विट मार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।

लामिछानेले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै मंगलबार बिहान आफू अमेरिकी राजदूतावासमा भिसाको लागि अन्तर्वार्ता दिन गएको र भिसा काउन्सुलर रुखो रुपमा प्रस्तुत हुँदै भिसाको आवदेन अस्वीकृत गरेको ट्विट गरेका थिए ।

त्यसपछि दूतावासले दिउँसो साढे १ बजे रिभ्युका लागि बोलाएको थियो । साढे १ बजे अन्तर्वार्ता लागयतका प्रक्रिया पुरा गरेर भिसा दिएको थियो ।

लामिछानेले अन्तत: समस्याको समाधान भएको, अमेरिकी दूतावासले गरेको सहयोग र आफ्नो बारेमा चासो राख्ने शुभचिन्तकहरुलाई धन्यवाद दिँदै २ बजेर २७ मिनेटमा ट्विट गरेका छन् ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।