ताजा समाचार

श्रावण २८ गते २०७६

स्याङ्जाको ज्याग्दीखोलामा यस्तो दुर्घटना

- आँफैले थापेको जालमा बेरिएर बीरबहादुर र बँचाउन जाने नीरबहादुर दुवैको मृत्यु

स्याङ्जाको ज्याग्दीखोलामा माछालाई थापेको जालमा बेरिएर २ जनाको ज्यान गएको छ । चापाकोट नगरपालिका वडा नम्वर ५ स्थित ज्याग्दीखोलामा माछा मार्ने क्रममा स्थानीय ५५ वर्षीय बीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको ज्यान गएको हो ।

बिरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा नीर बहादुर पनि सोही जालमा बेरिन पुगेको प्रहरीले जनाएको छ ।

दुबै जना जालमा बेरिएकाले मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको शवलाई पोष्टमार्टमका लागि वालिङ ल्याईएको प्रहरीले जनाएको छ  ।
 
स्थानीय राममन्दिर माविमा कार्यरत निरबहादुर राना शिक्षक समेत हुन् । विद्यालयमा पढाएर साथीहरु सगै माछा मार्न गएका थिए ।

रातको समय भएका कारण पनि दुवै जनाको ज्यान बचाउन नसकिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले जानकारी दिए ।

उनीहरुको शरीरबाटबाट जाल हटाएर बाहिर निकाल्दा नै दुवै जनाकोे ज्यान गुमाईसकेको स्थानीयले बताएका छन् ।-समाचार स्रोत : श्रीकृष्ण श्रेष्ठ, स्याङ्जा