ताजा समाचार

श्रावण २८ गते २०७६

पोखराको न्यूरोडमा लागेको आगो नियन्त्रण (भिडियो र फोटो फिचरसहित)

पोखराको न्यूरोडमा मंगलबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । न्यूरोडको सिटिजन्स बैंकको आडमा, भाटभटेनी संगैको एस मिनी मार्केटमा आगलागी भएको भएको थियो । ।

आगलागीको कारण भने अझै खुल्न सकेको छैन । यद्यपि विद्युतीय तार सट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागीबाट मिनी मार्केटका कार्पेट, फोम हाउस, चस्मा पसल, जुस पसल, इलेक्टिकल पसल, कपडा पसल, कस्मेटिक पसल गरि ७ व्यवसायीका २३ वटा सटरमा पूर्ण क्षति पुगेको छ ।

दिउँसो ४ बजे लागेको आगो करिब साढे २ घण्टापछि नियन्त्रणमा आएको थियो । स्थानीयवासीले घर–घरबाट पानी निकालेर आगो नियन्त्रणको प्रयास गरेका थिए ।

साथै पोखरा महानगरपालिका ३ वटा वारुणयन्त्र, केही निजी कम्पनीका पानी ट्यांकर समेत आगो नियन्त्रणका लागि प्रयोग गरिएको थियो । आगो नियन्त्रणमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।

आगलागीबाट मिनी मार्केट भित्रका सटरका अधिकांश सामग्री जलेर नष्ट भएका छन् भने आसपासका शिवशक्ति फर्निचर लगायतका सटरबाट स्थानीय र प्रहरीले सामान निकालेर सडक मै राखिदिका थिए ।

आगलागीका भिडियो तथा तस्वीरहरु :