ताजा समाचार

श्रावण २८ गते २०७६

पोखरामा फुटबल एकेडेमीको लहर

पोखरा रंगशालाको फुटबल मैदान निर्माणाधिन छ । मैदान निर्माण नभईसकेपनि फुटबलबाट खेल्नबाट बञ्चित छैनन् । तर रंगशालामै फुटबल खेले जस्तो भने कतै गएर खेलेपनि हुदैन् । यतिबेला कास्की जिल्ला फुटबल संघले लिग फुटबल सञ्चालन गरेको छ । क्लबहरु लिग खेलिरहँदा केही क्लब भने आफनो फुटबल एकेडेमी तर्फ ध्यान केन्द्रीत गरेका छन् ।

व्यावसायिक फुटबल र फुटबलरको विकास गर्ने उद्देश्यसहित कास्की जिल्ला फुटबल संघले नै एकेडेमी आफैंले सञ्चालन गरेको छ । अर्कोतिर विभिन्न क्लबले एकेडेमी शुरु गर्दै फुटबलमा नयाँ आयाम दिएको छ । पोखरेली फुटबलको पर्याय बन्दै आएको सहारा क्लबले एकेडेमी डेढदशक अघिदेखिनै फुटबल एकेडेमी शुरु गरेको हो । दोस्रो सिजनको एकेडेमीमा २६ जना खेलाडीलाई राखेको छ । पहिलो सिजनका खेलाडीहरु मध्ये केहीले विभिन्न डिभिजन लिग खेलिसकेका छन् ।

विष्णुपादुकाले पनि वर्षदिन अघि देखिनै फुटबल एकेडेमी शुरु गरिसकेको हो । पोखरा–२५ हेमजालाई फुटबलको गन्तव्य बनाउने अभियानमा छन् । वर्षेनी गौरीशंकर खेल मैदानमा नयाँ वर्षको अवसरमा शुभकामना फुटबल प्रतियोगिता हुने गरेको छ । त्यहाँ पनि हेमजा युनाईटेड क्लबले अर्को एकेडेमी चलाईरहेको छ । बालबालिकालाई खेलकुद प्रति आकर्षित गर्दै अभिभावकलाई पनि खेलकुदप्रतिको चासो अभिबृद्धि गर्ने तर्फ क्लबहरुले ध्यान दिन थालेका छन् । कास्की जिल्ला फुटबल संघमा झण्डै १७ वटा क्लबहरु आवद्ध छन् । प्रत्येक क्लबले एकेडेमी सञ्चालन गर्ने योजना बुनेका छन् । केहीले सञ्चालन गरिसकेका छन् ।

एक महिना अघि मात्रै पोखरा–१३ स्थित संगम यूवा क्लबले फुटबल एकेडेमी शुरु गर्यो । त्यस एकेडेमीका लागि अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कृष्ण थापा र सहारा क्लब हङकङका अध्यक्ष तथा संगम क्लब हङकङका कार्यकारी सदस्य दिपक गुरुङले ५–५ थान बल हस्तान्तरण गर्दै क्लबको उर्जालाई थप हौसला थपिदिए ।

संगम क्लबले करिब एक महिना अघिबाट एकेडेमीको सुरुवात गरेको हो । २०६८ सालमा क्षेत्रीय च्याम्पियन बन्दै ‘ए’ डिभिजन फुटबल प्रतियोगितामा सहभागिता जनाइसकेको संगमको पोखरेली फुटबलमा शाख गर्विलोे छ । ‘अब त खेलाडी आफ्नै क्लबले उत्पादन गर्दा राम्रो हुँदो रहेछ’ क्लबका निबर्तमान अध्यक्ष माया गुरुङ भन्छन–‘त्यही भएर पनि एकेडेमी संचालन गरेका हौं ।’ नेपालको ए डिभिजनमा खेल्ने कास्कीको एक मात्र क्लब नै संगम क्लब हो ।

संगमको प्रयासलाई साथ दिन हङकङबाट केही दिनका लागि पारिबारिक काममा नेपाल आएका सहारा हङकङका अध्यक्ष दिपक गुरुङले समेत पाँच थान बल हस्तान्तरण गरे । क्लबको यो अभियान निकै प्रशंसनीय रहेको प्रति खुसी हुँदै अध्यक्ष गुरुङले भविष्यमा समेत आफ्नो सहयोग रहने प्रतिवद्धता जनाए ।

एकेडेमीमा प्रशिक्षण लिने मध्ये ३० जना मध्ये तीन जना बालिका रहेका छन । प्रशिक्षणमा नियमित आउने आरुषी गुरुङ ९ वर्षकी भइन । उनलाई समेत फुटबल सिक्ने रहर संगम क्लबले पुरा गरिदिएको छ । आफ्ना दाईहरु फुटबल खेलेको देखेर उनलाई पनि फुटबल सिक्ने मोह जागेको बताउँछीन । आरुषीसंगै ८ वर्षकी मेरिना गुरुङ पनि एक महिना देखि सङम यूवा क्लबले सुरु गरेको एकेडेमीमा फुटबल सिक्न अउँछिन ।

यति बेला पोखरामा विभिन्न क्लबहरुले फुटबल एकेडेमी संचालनका लागि नयाँ खाका कोरेका छन् । केहीले शुरुवात गरिसके त कोही तरखरमा । पोखरा १३ स्थित संगम यूवा क्लबले एकेडेमीको शुरुवात गरेर नयाँ खुटकिलो चढ्ने प्रयासमा छ । क्लबका निवर्तमान अध्यक्ष तथा एकेडेमीमा प्रशिक्षकको भूमिका निर्वाह गरेका शिव माया गुरुङ भन्छन–‘यो हाम्रो सानो प्रयासबाट शुरु गरेका छौं, सबैको सहयोगको प्रतिक्षामा छौं ।’ एकेडेमीमा ६ वर्ष देखि १४ वर्ष उमेर समुहकाहरु यति बेला एकेडेमीमा ३० जनाले प्रशिक्षण लिइरहेको क्लबका अध्यक्ष राजु गुरुङले बताए । भर्खरै इग्लिस प्रिमियर लिग शुरुभएकोले पनि त्यसको प्रत्यक्ष प्रभावले बालबालिका फुटबलप्रति अभिप्रेरित भएका हुन् ।

kheladi News.com