ताजा समाचार

श्रावण २८ गते २०७६

भारतीय सेतो आलुमा ४७ प्रतिशत विषादी

पोखरामा भारतबाट आयात गरिएको सेतो आलुमा ४७ प्रतिशत विषादी मिसावट भएको भेटिएको छ । भारतबाट बिक्रीका लागि ल्याइएको सेतो आलुमा बिषादीको रोकावट दर ४७ प्रतिशतसम्म भेटिएको बाली संरक्षण प्रयोगशाला कास्कीका बाली संरक्षण अधिकृत सञ्जीव बास्तोलाले बताए । “विषादी रोकावट दर ३० प्रतिशतसम्म हुँदा खानयोग्य हुन्छ, ३० देखि ४५ प्रतिशतसम्म यसको मात्र बढी भएमा एक हप्ता जसो अप्जरवेसन गरेर मात्र खान सकिन्छ,” उनले भने, “त्योभन्दा माथिको प्रतिशत आएमा खान अयोग्य ठहरिन्छ, त्यस्ता वस्तुलाई नष्ट गर्नुपर्छ ।”

केही समयअघि विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कार्यालय पोखराले आलुमा कार्वोमेट परीक्षण गर्दा मानव स्वास्थ्यका लागि उक्त आलु खान अयोग्य भएको पुष्टि गरेसँगै कृषि उपज बजार व्यवस्थापन समितिले उक्त आलुलाई नष्ट गरेको थियो ।


Loading...