ताजा समाचार

श्रावण २७ गते २०७६

प्रतिनिधिसभामा थप अर्काे १ सिट खाली

प्रतिनिधिसभामा सप्तरी १ बाट निर्वाचित समाजवादी पार्टीका सांसद सूर्यनारायण यादवले राजीनामा दिएका छन् । सभामुख कृष्णबहादुर महरालाई सोमबार राजीनामापत्र बुझाएका हुन् ।

यादवले स्वास्थ्यमा समस्या बढेकाले आराम गर्न खोजेको बताए ।
यादव सप्तरीमा नाम चलेका डाक्टर हुन्।

यादवको राजीनामा स्वीकृत भएपछि उक्त क्षेत्र रिक्त हुनेछ। हाल प्रतिनिधिसभाको एक क्षेत्र कास्की २ रिक्त छ। यो सँग अब प्रतिनिधिसभामा २ सिट रिक्त हुनेछन् ।