ताजा समाचार

श्रावण २७ गते २०७६

डिभिजन सडक दमौलीका कम्प्युटर अपरेटर विरुद्ध मुद्दा

डिभिजन सडक कार्यालय, दमौलीका कम्प्युटर अपरेटर प्रकाश पौडेल विरूद्ध विशेष अदालत काठमाडौंमा सोमबार आरोपपत्र दायर गरिएको छ ।

पौडेल र वाइल्ड स्ट्रोङ कन्सल्टेन्सीका का सुमित शाही सडक स्तरोन्नतिसम्बन्धी योजनाको भुक्तानी गरिदिए बापत विभिन्न बहानामा सेवाग्राहीसँग रकम लिँदा लिँदै पक्राउ परेका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले पौडेल र शाहीलाई सेवाग्राहीसँग १ लाख ७५ हजार रकमसहित रङ्गेहात नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा भेटिएका आधार, प्रमाण र कारणहरूबाट पौडेलले सेवाग्राहीसँग रकम लिएको देखिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।