पोखरामै मोटो रकमसहित ४० जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले २ दिनमा विभिन्न ४ स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी २ लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ ।

पोखरा महानगरपालिका–५, पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट ४ बुक तास, ८ जना व्यक्तिसहित रु १ लाख २१ हजार १ सय ४० र पोखरा–८, नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा ७ जना र रु ६२ हजार ८ सय ३५ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैगरी पोखरा ३२ भैmरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद रु ३२ हजार ८ सय १५ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा ८ जनासहित रु २५ हजार २ सय र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३ सय ३० र ६ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।