ताजा समाचार

श्रावण २७ गते २०७६

कतारको समुद्रमा डुबेर १ नेपालीको मृत्यु

वैदेशिक रोजगारीका क्रममा विगत १३ वर्षदेखि कतारमा कार्यरत सागुरीगढी गाउँपालिका–३ धनकुटाका ललितबहादुर लिम्बुको आइतबार दिउँसो पौडी खेल्ने क्रममा समुद्रको छालमा परी निधन भएको छ । 

लिम्बु कतारमा धनकुटा सेवा समाजको पूर्वअध्यक्ष एवंम् वर्तमान प्रमुख सल्लाहकारलगायत विभिन्न सामाजिक संस्थामा आबद्ध छन् ।

उनको निधनले नेपाली समुदायमा क्षति पुगेको भन्दै धनकुटा समाजका महासचिव रवीनमगरद्वारा जारी शोक वक्तव्यमा चाँडै नै शव नेपाल पठाउन दूतावाससँग समन्वय भइरहेको जानकारी दिँदै दुख व्यक्त गरेको छ ।