ताजा समाचार

श्रावण २७ गते २०७६

आज पोखराका स्कूलमा बिदा !

गुरुङ जातिको ट्होंटे पर्व आज धुमधामका साथ मनाइँदै छ । यो तमु जातिको महान र विशेष पर्व हो ।

पोखरा महानगरले यस अवसरमा आज महानगरभित्रका विद्यालयलाई बिदा दिएको छ ।

तमु धिं नेपाल पोखराको आग्रहमा पोखरा महानगरपालिका नगर कार्यपालिकाको शैक्षिक प्रशासन महाशाखाले मंगलबार १ दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारले महत्वपूर्ण पर्व बाहेक जातिविशेष तथा वर्गविशेष पर्वमा विदा कटौती गरेको थियो ।

गुरुङ तथा तमु जातिको महान पर्व ट्होंटेमा अघिल्ला वर्षमा पात्रोमै उल्लेख गरेर विदा दिने गरिएको थियो ।

बक्र इदमा बिदा नदिएको गण्डकी प्रदेशले सोमबार साँझसम्म ट्होंटे बारे बिदा दिने वा नदिने निर्णय गरेको छैन ।