ताजा समाचार

श्रावण २७ गते २०७६

प्रधानमन्त्री ओलीलाई चिकित्सकले दिए यस्तो सुझाव

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली सोमबार अपरान्ह सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।

प्रधानमन्त्री ओली थाइ एअरको नियमित उडानमार्फत स्वदेश फर्किएका हुन् ।  प्रधानमन्त्रीलाई विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु स्वागत गर्न विमानस्थल पुगेका थिए । आइतवार नै प्रधानमन्त्री स्वदेश फर्कने कार्यक्रम तय भएपनि चिकित्सकको आग्रहमा एक दिन बढी समय लागेको थियो । 

प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्न सुझाव दिएका छन् ।