ताजा समाचार

श्रावण २७ गते २०७६

आजको राशिफल (२०७६ श्रावण २७ गते सोमबार)

आजको पञ्चांग
आज मिति २०७६ श्रावण २७ गते सोमबार, इस्वीसंवत अगष्त १३ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज श्रावणशुक्लपक्षको द्धादशी तिथि दिनमा १ बजेर ०१ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथि लाग्नेछ । आज पूर्वाषाढा नक्षत्र राति २ बजेर २६ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा विशाखा, करणमा कौलव रहनेछ भने आनन्दादि योगमा उत्पात रहनेछ ।

सूर्य कर्कट राशिमा, चन्द्रमा आज धनु राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५६ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३३ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४३ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष : मेष राशि भएकाहरूका आज पनि समय खराव रहनेछ । काम गर्ने सवालमा होसियार रहनुहोला काम बिगार्ने तथा तपाईको नकारात्मक सोच्नेहरु सक्रिय हुनेछन् । आम्दानि हुँने ठाउँमा सत्रुका आँखा लाग्न सक्छ ध्यान दिनुहोला । परिश्रको फल अरुलेनै हत्याउँन कोषिस गर्नेछन् । अध्ययनमा मन जानेछैन भने नतिजा अरुकै पोल्टोमा पर्नेछ । दाजुभाईहरुको नराम्रा सल्लाह मान्दा काम बिग्रनेछ भने भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । सरकारि तथा प्रशासनिक स्थरबाट आवस्यक सहयोग नपाईने हुँदा समयमा कामहरु सम्पादन हुँने छैनन् । प्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । अध्ययन तथा अध्यापनमा अलि बढि समय दिन सके नजिता तपाईको पक्षमा आउँनेछ । प्रणय सम्बन्धमा चिसोपनको बिकास हुनेछ भने घर परिवार तथा आफन्तसग मनमुटाव बढ्ने योग रहेकोछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि समय तथा परिस्थिति अनुकुल रहनाले व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ । उच्च अध्ययनको शिलशिलामा छोटो तथा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मठ मन्दिरमा हुने बिभिन्न क्रियाकलापमा सहभागि भई अरुको सेवा गर्ने अवसर प्राप्त हुने हुदा मन प्रशन्न रहनेछ ।

कर्कट : कर्कट राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ भने भौतिक सम्पति तथा उपाहार प्राप्त हुनेछ । व्यापार व्यावसायमा गरेको लगानि फस्टाएर जाने तथा आम्दानिका स्रोत बढाउन सकिनेछ । बौद्धिक कार्यमा सहभागि भई काम गर्ने अवसर जुर्ने तथा बुद्धिमता पुर्वक गरिएको श्रमबाट मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा हात लगाउन सकिनेछ भने पढाईकै शिलशिलामा लामो दुरिको यात्रा तय गर्न सकिनेछ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । नीति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय तथा स्वास्थ्य राम्रो छैन । आफन्तहरु टाडिनेछन् भने शुभचिन्तकहरुको सहयोग तथा समर्थन पाईने छैन । राजनिति थता समाजसेवामा जनताको काम गर्दापनि आलोचनाको शिकार हुनुपर्दा मन खिन्न हुनेछ । यात्रा गर्दा वा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा अबिश्वास बढ्नेछ भने घर आमा सँग पनि मनमुटाब सिर्जना हुनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । नया नया कामको प्रश्ताव आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरिको उपलब्धिमुलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय खराब छ । राजनिति तथा सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला किनकी प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । राम्रो काम गर्दा गर्दै गलत आक्षेप लगाउनेहरु हाबि हुनेछन् भने कार्यक्षेत्रमा तपाईको आलोचना गर्नेहरु सक्रिय हुनेछन् । समस्या समाधानका लागी चालिएका कदमहरु निरर्थक हुनेछन् ।

धनु : धनु राशिका लागि आज पनि स्वास्थ्य सबल रहनेछ । राम्रो कम्पनीबाट नोकरीको प्रस्ताव आउन सक्छ। कामका लागि विदेश जाने सम्भावना पनि छ। यो वर्ष आर्थिक क्षेत्रमा तपाईँका लागि मिश्रित फलदायक छ। आर्थिक क्षेत्रमा उतार(चढाउ आउन सक्छन्। तपाईँको आय र व्ययमा निकै फरक आउन सक्छ र त्यसैले आर्थिक जीवनमा आय र व्ययमा उचित समायोजन गर्नु होला।

मकर : मकर राशि भएकाहरूका लागि आज पनि समय तथा स्वास्थ्य अनुकुल छैन । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ । आफन्त तथा अग्र्रज ब्याक्तित्वहरु सँग सैद्धान्तिक बिषयमा राय बाजिनेछ भने घर परिवार तथा आफन्तहरुबाट भनेजस्तो सहयोग नपाईने हुँदा दिगो काम गर्ने अवसर गुम्नेछ ।

कुम्भ : कुम्भ राशिका लागि आज पनि समय शुभ, स्वास्थ्य राम्रो रहनेछ, आर्थिक क्षेत्रमा तपाईँले एउटा ठुलो उपलब्धि हासेल गर्नु हुने छ। आर्थिक लाभका बलिया अवसरहरू छन्। ब्यापारमा नयाँ विचारले तपाईँलाई आर्थिक लाभ वृद्धि गर्नमा मद्दत गर्ने छन्। आज तपाईँ प्रशस्त धन कमाउन सफल हुनुहुने छ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय मध्यम छ । तपाईँले आरोह(अवरोहको सामना गर्नु पर्ने छ। प्रेम जीवनका लागि अनुकूल छैन। प्रेम जीवनमा चुनौतिको सामना गर्नु पर्न सक्छ। नोकरी र ब्यापारको सिलसिलामा घरबाट टाढा जानुपर्ने हुन सक्छ। गाडी सावधानीपूर्वक हाँक्नुहोला । आम्दानि नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ ।

आजको शुभ लाभादि बेला

बिहान ५ः३३ बजेदेखि ७ः०३ बजेसम्म अमृत बेला
बिहान ७ः०३ बजेदेखि ८ः३३ बजेसम्म काल बेला
बिहान ८ः३३ बजेदेखि १०ः०३ बजेसम्म शुभ बेला
बिहान १०ः०३ बजेदेखि ११ः३३ बजेसम्म रोग बेला
दिउँसो ११ः३३ बजेदेखि १ः०३ बजेसम्म उद्धेग बेला
दिउँसो १ः०३ बजेदेखि २ः३३ बजेसम्म चर बेला
दिउँसो २ः३३ बजेदेखि ४ः०३ बजेसम्म लाभ बेला
दिउँसो ४ः०३ बजेदेखि ५ः३३ बजेसम्म अमृत बेला

यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)