ताजा समाचार

श्रावण २६ गते २०७६

कठै ! सांसदलाई नै ट्याक्सीले ठगेछ…

नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन् । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा उनले यस्तो विषय उठाएकी हुन् ।

उनले ट्याक्सी ड्राइभरले आफूलाई मर्का परेको भन्दै ठगी गर्ने गरेको बताइन् ।

उनले भनिन्, ‘ट्याक्सी ड्राइभरले हामी मर्कामा छौँ, मिटरमा जान सकिदैनौँ भनेर गाँउबाट आएका नयाँ मान्छे र सिकिस्त बिरामी ठगिको शिकार बनाउने गरेका छन् । ट्याक्सी मर्कामा परेको छ भने छलफल गर्नुपार्यो, हैन भने ट्याक्सीको ठगी नियन्त्रण गर्नुपर्यो । यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?’