ताजा समाचार

श्रावण २६ गते २०७६

मुख्यमन्त्रीले दिए इदको शुभकामना

मुस्लिम धर्मालम्बीहरुको महान चाड इदको अवसरमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिएका छन् । आइतबार सन्देश जारी गर्दै उनले सबैमा सुख, शान्ती, समृद्धि, सु(स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरको छन् ।

नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने यस्ता मौलिक चाडपर्वले सामाजिक सद्भाव एव् साँस्कृतिक सहअस्तित्व अभिबृद्धि गरी विभिन्न समुदाय र सम्प्रदाय बीचको एकतालाई दरिलो बनाउनुका साथै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुगेको उनले जनाएका छन् । इदले आपसी सद्भाव प्रगाढ बनाई आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।