ताजा समाचार

श्रावण २४ गते २०७६

चीनका राष्ट्रपति सी चिनफिङ नेपाल आउँदै

चीनका राष्ट्रपति सी चिनफिङ दसैं लगत्तै नेपाल भ्रमणमा आउने गरी तयारी सुरु भएको छ। 

चीनका राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अक्टोबर १२ (असोज २५ गते) मा उत्तर प्रदेशको बनारसमा भेटावार्ता तय गरिएको छ।

भारत भ्रमणपछि सीले छोटो समयका लागि नेपाल भ्रमण गर्ने तय भएको स्रोतहरूले जनाएका छन्। 

दुई वर्ष पहिलेजस्तो अन्तिम समयमा भ्रमण रद्द भएन भने यसपाली सी नेपाल आउने निश्चित छ। २३ वर्षपछि चीनका राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण हुनेछ।

काठमाडौं र बेइजिङस्थित स्रोतहरूले राष्ट्रपति सीको भ्रमण तय भएको र तयारी पनि सुरु भैसकेको जनाए पनि मिति भने यकिन गर्न चाहेका छैनन्।

तयारीमा संलग्न अधिकारीहरू नै भ्रमणको मिति यकिन नभएकाले ‘सरप्राइज’ भ्रमण हुनसक्ने बताउँछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू सीको भारत र नेपाल भ्रमण एकैपटक हुन सक्ने संकेत अनुसार तयारीमा जुटेका छन्।