ताजा समाचार

श्रावण २४ गते २०७६

स्टेप वाई स्टेपमा गणितीय हाजिरीजवाफ

स्टेप वाई स्टेप उच्च मा.वि. मासबारले कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच गणितीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्यो ।

विद्यालयका संस्थापक अध्यक्षको आशनबाट बोल्दै प्रिन्सिपल निर्मला बरालले गणितलाई एउटा खेलको रुपमा लिई समस्याको समाधान गर्ने बानीको विकास गराउन यस किसिमका कार्यक्रम महत्वपूर्ण हुने बताइन् ।

विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल, सहायक प्रिन्सिपल दीपक गिरी र संयोजक सूर्यप्रसाद लम्सालले उक्त अवसरमा बोलेका थिए ।

प्रतियोगिको पहिलो चरणमा कक्षा ८ देखि १० का विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा समूह ‘सी’ का स्वाती महेता, सबिन पौडेल, युनिशा बराल र रजनी बराल प्रथम भएका थिए भने समूह ‘वी’ का निशान नेपाल, विशोयल श्रेष्ठ, अन्जन पराजुली र प्रशुन पौडेल द्वितीय भएका थिए ।

यसैगरी सम्झना पौडेल लगायतका साथीहरूको समूह ‘डि’ तृतीय र अश्विना के.सी. लगायतका साथीहरूको समूह ‘ए’ चतुर्थ भएका थिए ।

विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज जगन्नाथ घिमिरेको संयोजकत्वमा आयोजित प्रतियोगिताको सञ्चालन शिक्षक डाक्टर थापाले गरेका थिए भने निर्णायकमा शिक्षकद्वय डाक्टर थापा र विजय मेहता थिए ।