ताजा समाचार

श्रावण २४ गते २०७६

आफ्नै छोराद्धारा बुबाको हत्या

दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा कमल गाउँपालिका–१ बस्ने ३१ वर्षीय प्रकाश थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण प्रकाशले आफ्नै बुबा ७० वर्षीय सूर्य बहादुर थापालाई चिर्पट प्रहार गर्दा सूर्यबहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले प्रकाशलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।