प्रधानाध्यापकको पिटाइबाट छात्र घाइते भएका छन्। बाग्लुङ नगरपालिका–१४ नारायणस्थास्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटपिटले कक्षा १० का विद्यार्थी १६ वर्षीय कुशल पौडेलको दाँत झरेको हो ।
कुशलको अगाडिको माथिल्लोपट्टिको दाँत झारेको कुशलका बाबु प्रेमप्रसादले बताए । कुशलले नजानेको निहुँमा कुटपिट गरेका हुन् ।




