ताजा समाचार

श्रावण २४ गते २०७६

भागी विहे गर्ने चेलीको पीडा गीतमा (भिडियोसहित)

लोकगीत र तीज गीतमा चर्चित हरिदेवी कोइरालाले यसपालिको तीजलाई लक्षित गरी फेरि फर्की हेरेनन् बोलको गीत बजारमा ल्याएकी छन् । स्वर, संगीत र लय हरिदेवी कोइरालाको छ । सञ्जयले एरेन्ज गरेको गीत म्युजिक नेपालले युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

सेरबहादुर डिसीले निर्देशन गरेको म्युजिक भिडियोमा मोडेल अपसना थापा छिन् । गीतमा प्रेम विवाह गरेर भागेकी युवतीले माइतीबाट आत्मीयता नपाएको देखाएको छ ।