ताजा समाचार

श्रावण २४ गते २०७६

भारतीय फिल्म पाकिस्तानमा प्रतिबन्ध

पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिवन्ध लगाउने घोषणा गरेको छ । प्रधानमन्त्रीका विशेष सहायक डा। फिरदोस आशिक अवानले विज्ञप्ति जारी गर्दै पाकिस्तानमा कुनै पनि फिल्म प्रसारण नगर्न आग्रह गरेका हुन् ।

जम्मु कश्मीर राज्यलाई विशेष दर्जा दिने भारतको संविधानको धारा ३७० भारत सरकारले सोमबार खारेज गरेपछि पाकिस्तानले भारतसँग राजनीतिक तथा सांस्कृतिक सम्बन्ध तोड्न लागेको हो ।
उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई समेत कश्मीरको अवस्थाबारे जानकारी लिन आग्रह गरेका छन् ।

योभन्दा अगाडि पनि पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिबन्ध लगाएको थियो । सन् २०१९ को फेब्रअरीमा भारतीय सेनाले गरेको हवाई प्रतिबन्ध ‘एयर स्ट्राइक’ पछि पाकिस्तानले भारतीय फिल्म रिलीज गर्न प्रतिबन्ध लगाएको थियो । पाकिस्तानका तत्कालीन सूचना तथा प्रशारण मन्त्री चौधरी फवाद हुसेनले बलिउड फिल्म प्रसारण नगर्न सूचना जारी गरेका थिए । उनले भारतीय फिल्मका साथसाथै ‘मेड इन इन्डिया’ विज्ञापन समेत बहिस्कार गरेको घोषणा गरेका थिए ।