ताजा समाचार

श्रावण २४ गते २०७६

छोरी जन्मिएपछि अस्पतालमै छाडेर भाग्ने यस्ता बाबु…

छोराछोरीप्रतिको विभेद अहिलेसम्म पनि कम भएको छैन । यस्तै एक घटना जुम्लामा एक बुवाले गरेका छन् ।

बुधबार जुम्ला पातारासी गाउँपालिका तल्फिगाउँका ३५ वर्षीय पुतली महताराले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा छोरी जन्माइन् । 

अस्पतालमा बच्चा जन्मेपछि खुसी छायो तर श्रीमान् बीरबहादुर बोहरालाई छोरी जन्मेकोमा पटक्कै चित्त बुझेन ।

वीरबहादुरले सुत्केरी श्रीमती र छोरीको स्याहारसुसारमा आलटाल गर्दै अस्पतालमै छोडेर घरतिर लागे ।

श्रीमानले छोडेर गएपछि १० दिनको सुत्केरी पुतलीलाई घर जान कठिन भएको छ । अस्पतालले एक दिन, दुई दिन गर्दै बस्न दिने भयो तर डिस्चार्ज गरिसकेपछि बस्ने कुरा भएन ।