ताजा समाचार

श्रावण २३ गते २०७६

घूससहित पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरिराज कोइराला घूससहित पक्राउ परेका छन् । अख्तियार अनुसन्धान दुरुपयोग अनुसन्धान आयोगको टोलीले कोइरालालाई ६ लाख ७५ हजार घूस रकमसहित बिहीबार दरबारमार्गस्थित शेर्पामलबाट रंगेहात पक्राउ गरेको हो ।

कोइरालाले जोरपाटीको स्तूप कलेजका विद्यार्थीको समस्या समाधान गरिदिने भन्दै घूस लिएको अख्तियारले जनाएको छ ।कोइरालालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको अख्तियारले छ ।