ताजा समाचार

श्रावण २३ गते २०७६

किन पड्किन्छ सिलिन्डर ? यसरी गरौं सुरक्षित

नेपाल एलपी गयास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेको बुझाईमा एलपी ग्यास विस्फोट र आगलागीका घटना जनचेतनाको परिणाम हो ।

विद्युत्को तार सर्ट भएर पनि ग्यास विस्फोट भएका छन् । उनले भने,‘पाइप, रेगुलेटर र सिलिन्डरको कमजोरी जस्ता कारण पनि हुन्छन् ।’

ग्यास क्षेत्रलाई व्यवस्थित बनाउन ‘एलपी ग्यास बोटलिङ प्लान्टका लागि मापदण्ड’ बनाएको थियो ।

गुणस्तर र मापदण्डमा ग्यास प्लान्टहरुले लापरबाही गर्नाले दुर्घटना निम्तिने गरेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने । 

उद्योगी र व्यावसायीलाई कानुनी दायरामा ल्याउन र उपभोक्तालाई सचेत बनाउन नसक्दा दुर्घटना बढ्दै गएको छ ।

गुणस्तर विभागका अनुसार सिलिन्डरको आयु करिब ४० वर्ष हुनछ । सिलिन्डर बनेको १० वर्षमा हाइड्रोस्टाटिक टेस्ट गर्नुपर्छ ।

त्यसपछि प्रत्येक ५५ वर्षमा यस्तो परीक्षण गराइराख्नुपर्छ । तर बजारमा पुगेको सिलिन्डरहरुको त्यस्तो  परीक्षण पास गरेको सुनिश्चितता न सरकार निकायले गरेको छन् न अन्य कसैलै । 

यसरी सुरक्षित गरौं

सिलिण्डर ल्याउँदा नगुडाउनुहोस । सकभर सुतीको कपडा लागएर मात्र खाना पकाउनुहोस । भार पर्नेगरी सिलिण्डरमाथि कुनै सामान नराख्नुहोस्।

ग्यास भरिएको सिलिण्डरको भार बढी नै हुन्छ । त्यसमाथि सामान राख्दा भार थपिने भएकाले यसले जोखिम बढाउँछ । एउटै भान्सामा दुई वटा सिलिण्डर सकेसम्म नराख्नुहोस् । एकातिर खाना पकाइरहँदा अर्को सिलिण्डरबाट ग्यास लिक भएमा त्यो निकै जोखिम हुन्छ ।

सकेसम्म सिलिण्डरलाई साइडमा आधार दिने गर्नुहोस् । ताकि भुइँचालो जाँदा हुने कम्पनबाट सिलिण्डर नढलोस् । त्यसका लागि कुनो प्रयोग गर्न सक्नुहुन्छ । तर सिलिण्डरलाई कहिलै पनि ढलाएर वा कोल्टो पारेर नराख्नुहोस् ।

सिलिण्डर भन्दा कम्तीमा ६ इन्च माथि ग्यास चुलो राख्नुहोस्। कहिलै पनि चुलोभन्दा सिलिण्डर माथि राख्नु हुँदैन । त्यस्तै ग्यासको रबर पाइप १ दशमलव ५ देखि २ मिटरभन्दा लामो हुनु हुँदैन् ।

सिलिन्डरमा ग्यास सकिनासाथ भान्साभन्दा बाहिर राख्ने गर्नुहोस् वा सम्वन्धित विक्रेतालाई बुझाउनुहोस् । पुराना सिलिण्डर प्रयोग नगर्नुहोस् ।

सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुहोस् । त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिण्डरको छुट्छाछुट्टै परीक्षण गर्नुहोस् ।

यदि सिलिण्डरबाटै लिक भएको भए चुल्हो, लाइटर, धुप तथा कोठाको बिजुली बत्ती निभाउनुहोस तथा सबै झ्याल ढोका खोलि ग्यासको मात्रा घटाउने तर्फ लाग्नुहोस् ।

पाइपबाट लिक भएमा पाइप फेर्नुहोस् । लिक भएको पाइपलाई नै टेपले टाँसेर प्रयोग गर्ने मुर्खता नगर्नुहोस् । धेरै पुरानो पाइप प्रयोग नगर्नुहोस् । त्यस्तै रेगुलेटरबाट ग्यास लिक भएमा सिलिण्डरको भल्वमा सेटी क्याम्प लगाएर घर बाहिर खुल्ला ठाउँमा राख्नुहोस र नजिकको ग्यास विक्रेता वा सम्बन्धीत ग्यास उद्योगलाई खबर गर्नुहोस ।

रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ । सिलिण्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कँस्नुहोस, खाना बनाइसकेपछि बन्द गर्ने गर्नुहोस् ।