ताजा समाचार

श्रावण २३ गते २०७६

पर्यटन मन्त्री योगेश भट्टराईलाई बसिरहेको घर साँघुरो भएपछि…..

नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई हाल बसिरहेको घर साँघुरो र अफ्ट्यारो भएको छ ।

उनका लागि पुलचोकस्थित मन्त्री निवासमा क्वाटर समेत मिलेको छैन । मन्त्री भट्टराईका लागि अन्यत्र ठाउँ खोजी गरे पनि फेला पार्न नसकिएको उनको सचिवालयले जनाएको छ ।

अहिले मन्त्री भट्टराई बबरमहलस्थित एकतले (सातवटा कोठा भएको) भाडाको घरमा बसिरहेको र भेटघाटका लागि ठाउँ अभाव भएको सचिवालयले बताएको हो ।

‘मन्त्री भट्टराई भाडाको घरमा बस्दै आउनुभएको छ । भेटघाट र सुरक्षाकर्मीका लागि ठाउँ अभाव भएको छ । देशभरिबाट कार्यकर्ता भेटघाटका लागि आउने हुँदा समस्या भयो । अन्यत्र घर खोजीरहेका छौँ’, मन्त्री भट्टराईको सचिवालयले जानकारी दियो ।

मन्त्रालयको काममा बाधा नपरोस् र आवत–जावत पनि सहज होस् भनेर बबहरमहल आसपासमै क्वाटर खोजेको सचिवालयको भनाइ छ ।