ताजा समाचार

श्रावण २२ गते २०७६

सन्दिप लामिछानेको टिमका खेलाडी मैदानमा किन गएनन् ? (यस्तो छ कारण)

ग्लोबल टि–२० क्यानडा अन्तर्गत दोश्रो चरणको अन्तिम खेलमा सन्दिप लामिछानेको टिम टोरोन्टोले मोन्टरियल टाइगर्ससंग बुधबार राति नेपाली समय १०ः१५ बजे खेल्ने कार्यक्रम थियो ।

इएसपीएन क्रिक्इन्फोका पत्रकार पिटर डेला पेनाका अनुसार प्रतियोगिता खेलेबापत पैसा नपाएका कारण खेलाडीले टिम बसलाई हिंड्न दिईरहेका छैनन् ।

ट्वीटरमा पिटरले यो घटनाबारे लेख्दै १ घण्टा अघि नै टिम बस मैदान जानुपर्ने भए पनि बस नहिंडेको बताएका छन् । मोन्टरियल टिमको कप्तान जर्ज बेली रहेका छन् भने टोरोन्टोको युभराज सिंह रहेका छन् ।

प्रतियोगितामा युभराज सिंह, शाहिद अफ्रिदी, काइरन पोलार्ड, उमर अकमल, सोयब मलिक, ब्रेण्डन म्याकलम जस्ता ठूला क्रिकेटरहरू खेलिरहेका छन् । जसलाई महँगो मूल्यमा टिमले ड्राफ्टमार्फत लिएको थियो ।

खेल सुरु हुने समय भए पनि हालसम्म टस भएको छैन भने अहिलेसम्म स्टार स्पोर्ट्सले प्रशारण सुरु गरेको छैन । च्यानलले खेल केहि समयमा सुरु हुने लेखेको छ ।

Peter Della Penna@PeterDellaPenna · 1h

Breaking news: Sources say Montreal Tigers & Toronto Nationals are refusing to board the team bus to the CAA Center for today’s @GT20Canada match over outstanding player payments. Buses was supposed to leave an hour ago. Match due to start in 75 minutes but players not at field.

Peter Della Penna@PeterDellaPenna

Interesting comment in reply to this breaking news of @GT20Canada player protest over unpaid wages from the wife of a player who used to play for the Jamaica Tallawahs….

View image on Twitter

249:39 PM – Aug 7, 2019Twitter Ads info and privacy17 people are talking about this

क्रिकबजले हालसम्म टस हुनुपर्ने तर केहि जानकारी नपाएको लेखेको छ र पिटर डेला पेनाको ट्वीटलाई राखेको छ । यस्तै क्रिक्इन्फोले टस ढिलो भएको मात्रै लेखेको छ ।

यस्तै ग्लोबल टि-२० को अधिकारिक ट्वीटरमा टेक्निकल कारणले खेल ढिला सुरु हुने र अब लोकल समय २ः३० बजे सुरु हुने लेखेको छ ।

२ः३० नेपाली समयमा बदल्दा १२ः१५ बजे राति हुन आउछ । सन्दिप लामिछानेलाई टोरोन्टो नेसनल्स टिमले ६० हजार डलर तथा सोमपाल कामीलाई ३० हजार डलरमा विन्नीपेग हक्सले टिममा लिएको थियो ।

आज मात्रै पाकिस्तानी क्रिकेटर उमर अकमलले प्रतियोगिताको दौरान आफूलाई फिक्सरले सम्पर्क गरेको खुलासा गरेका थिए ।

गत वर्षदेखि संचालित प्रतियोगितामा ६ वटा फ्रेन्चाइज् टोली खेलिरहेका छन् ।