ताजा समाचार

श्रावण २२ गते २०७६

सेन्टीभाइरस बनाउँदे धुर्मुस र सुन्तली

नेपाली सिनेमा क्षेत्रमा चर्चित हाँस्य कलाकारहरुले फिल्म निर्माण गर्ने क्रम बढेको छ । अब सिताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे सुन्तली पनि नयाँ फिल्म बनाउन लागेका छन् ।
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पनि लागिरहेका धुर्मुस सुन्तलीले औपचारिकरुपमा फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् । फिल्मको नाम सेन्टी भाइरस राखिएको छ ।

फिल्ममा नायक नै धुर्मुस बन्नेछन् भने नायिका सुन्तली । फिल्ममा दयाहाङ राई अतिथी भूमिकामा रहनेछन् भने राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

फिल्मलाई कबड्डी फेम निर्देशक रामबाबु गुरुङले गर्नेछन् । फिल्मको कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका छन् । भदौँ ३ गतेबाट फ्लोरमा जान लागेको यस फिल्मको सुटिङ भदौँ ३ गतेबाट फ्लोरमा जानेछ भने रुपाकोट र पोखरामा फिल्मको सुटिङ हुनेछ ।

डिन्डु लामा हेल्मो निर्माता रहेको फिल्मको अनुमानित लागत २ करोड हुने धुर्मुस बताउँछन् ।