ताजा समाचार

श्रावण २२ गते २०७६

साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा, कोको परे टोलीमा ?

भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् ।

घोषित टोलीको गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी छन् । डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु र रोशन थापा छन् ।

मिडफिल्डमा जन्म जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री र अनिल चौलागाई छन् ।

यस्तै फर्वाडमा किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा छन् । साफ च्याम्पियनसिप अगस्ट २१ देखि भारतमा हुँदैछ ।