ताजा समाचार

श्रावण २२ गते २०७६

सुविसु कार्यालयमा आगलागी

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा आगलागी भयको छ । बुधबार दिउँसो पौने १ बजे लगेको आगो साढे २ बजे नियन्त्रणमा आएको छ ।

बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा आगलागी भएको थियो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरे पनि पेट्रोलबाट लागेको आगो पानी हालेर निभाउन कठिन भएको पछि त्रिभुवन विमानस्थलबाट दमकल बोलाइएको थियो ।

आगलागीपछि सुविसुको सेवा अवरुद्ध भएको छ ।