ताजा समाचार

श्रावण २२ गते २०७६

कोशी एण्ड रीतिक रेष्टुरेन्ट पृथ्वीचोककी सञ्चालक पक्राउ

नियमविपरीत होटल सञ्चालन गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा पृथ्वीचोकस्थित कोशी एण्ड रीतिक रेष्टुरेन्टकी सञ्चालिका ममतादेवी महतो रहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

उनले होटेलमा बास बस्न आएका तीन भारतीय नागरिकको नियमानुसार अभिलेख राख्नुपर्नेमा नराखेकाले प्रहरीले उनलाई मगलबार पक्राउ गरेको हो । तीनै जना लक्ष्मी परियारको हत्यामा संलग्न रहेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

लक्ष्मी परियारको साउन १ गते हत्या भएको थियो । ‘होटेल व्यवसायी तथा मदिरा बिक्री वितरण नियन्त्रण ऐन २०३३’ को दफा ५ को उपदफा १९ अन्तर्गत कसुर गरेको देखिएकाले आवश्यक अनुसन्धान तथा कानुनी कारवाहीका लागि ममतालाई आज आन्तरिक राजस्व कार्यालय, पोखरा पठाइएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।