ताजा समाचार

श्रावण २२ गते २०७६

पहाडको बिचमा हल्काराको पोष्टर सार्वजनीक

विक्रम सापकोटाको निर्देशन रहेको चलचित्र ‘हल्कारा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । चलनचल्तीको भन्दा यो चलचित्रको पोस्टर केही पृथक छ । चलचित्रले गहन विषय उठाएको पोस्टरबाट आँकलन गर्न सकिन्छ ।

निर्माण टिमले फस्टलुक पोस्टरमा चलचित्रको प्रदर्शन मिति भने राखेको छैन ।सोसल ड्रामामा निर्माण भएको ‘हल्कारा’ को कथा निर्देशक सापकोटा स्वयंले तयार पारेका हुन् ।उनलाई आकाश बराल र विप्लव प्रतिकले सघाएका छन् । निर्देशक सापकोटा र रामकृष्ण पोखरेलले चलचित्रको निर्माण गरेका हुन् । ‘हल्कारा’ मा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, दीपक क्षेत्री, पशुपति राईलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नेपालको दुर्गम गाउँहरूमा चिठ्ठी पुर्‍याउने जिम्मेवारी पाएको एक युवकको कथामा चलचित्र आधारित छ ।पहाडको विचमा नेपाली कथानाक चलचीत्र हल्काराको पहिलो पोष्टर सार्वजनीक भएको छ । चलचीत्र हल्काराको पोष्ठरमा  पहाडमा दुई जना युवा युवती उभिएर युवकले झोला भिरेका छन् भने युवतीको हातमा सेतो कागज लिएकी छन् ।