ताजा समाचार

श्रावण १९ गते २०७६

गुडिरहेको मोटरसाइकलबाट खसेर मृत्यु

राजधानीको टोखा नगरपालिकामा गुडिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ।

आईतबार अपरान्ह बा ५३ प ९६५४ नम्बरको मोटरसाईकल पछाडी बसेकी १९ वर्षीया रानी श्रेष्ठ अचानक बेहोस भएर खसेकी थिईन। तत्काल प्रहरीले उपचारका लागि स्थानीय बिनायक अस्पताल लगेको थियो। उनलाई दुई बजेर ४५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।

महानगरीय प्रहरी प्रभाग गोंगबुले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।