मोटा अझै मोटाउँछन्, चित्त बुझ्दैन
खाँदाखाँदै भोकाउँछन्, चित्त बुझ्दैन
भोका नाङ्गा बालवृद्ध सडकभरी छन्
मान्छे मन्दिर बनाउँछन्, चित्त बुझ्दैन
सपनामा रहरहरू फुल्ने बेलामा
उनी आउँछन् जगाउँछन्, चित्त बुझ्दैन
यो त रुने समय हो रुनै पर्दछ
कोहि यसै सम्झाउँछन्, चित्त बुझ्दैन
दुनो अलि ढल्किएर अन्तै पोखिए
सद्दे मानिस बहुलाउँछन्, चित्त बुझ्दैन




