ताजा समाचार

श्रावण १९ गते २०७६

नारी परोपकार केन्द्र सिमलचौरमा शारदा

नारी परोपकार केन्द्र सिमलचौर ८ पोखराको १७ औं साधारणसभा तथा सातौं अधिबेशनले शारदा गिरीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको छ । समितिको प्रथम उपाध्यक्ष राधाकुमारी शर्मा, द्धितीय उपाध्यक्ष राधादेवी सिग्देल, सचिव पार्वती गिरी, कोषाध्यक्ष सर्मिला पौडेल र सहसचिव उर्मिला भण्डारी छन् ।

सदस्यमा डीलमाया पौडल, कमला श्रेष्ठ, प्रिया थापा, विनिता पौडेल, गंगा गिरी र लक्ष्मी पुरी छन् । साधारणसभामा कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले केन्द्रले गर्दै आएको सामाजिक उत्तरदायित्वका कार्यको प्रशंसा गरे ।

कार्यक्रममा संस्थाका सल्लाहकार तारा गिरी, श्री विशेश्वर शिव पञ्चाङ्ग मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद चालिसे, मानव मिलन नारी जागरण कास्की अध्यक्ष सबिता बराल, आमा मिलन केन्द्र पोखराकी अध्यक्ष ईन्दिरा पौडेल, विश्व हिन्दु महासंघ जिल्ला अध्यक्ष पार्वती पौडेल, वडा नं ८ वडा सदस्य कृष्णमान ठुसाजु, पुष्पराज सिग्देल, किरण गौतम, पत्रकार दुर्गा अधिकारी, प्रतिभा मार्ग टोल विकास संस्थाका अध्यक्ष वलराम गिरी र सम्मानित हुनेहरुको तर्फबाट अस्मिता सापकोटाले बोलेका थिए ।

कार्यक्रममा स्नातक तहको मेडिकल ल्याबरोटरी टेक्नोलोजी (बिएस्सी एमएलटी) कार्यक्रममा उच्च अंक ल्याई पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायमा सर्वोत्कृस्ट भएकी अस्मिता सापकोटा, एसइईमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण भएका गेनिजा पुरी, सुष्मिता गिरी, सुबिधा शर्मा, सुशान्त पुरी, सजीना गिरी, अमुल थापा, सुगम अधिकारी, विष्णु पोखरेल, गितिका पौडेल र कुलमाया क्षेत्रीलाई सम्मान गरियो ।

कृष्णमान ठुसाजु, सृष्टि घिमीरे, टेकन गिरी र सोनासा जुहार्चनले यस केन्द्रलाई आर्थिक सहयोग गरे । केन्द्रका अध्यक्ष श्री शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव पार्वती गिरी र स्वागत उपाध्यक्ष राधाकुमारी शर्माले गरेका थिए ।

निर्वाचन संयोजकमा तारा सापकोटा र सदस्यद्धय पार्वती पौडेल र श्री राधा पौडेल थिए ।