ताजा समाचार

श्रावण १८ गते २०७६

हरिहर मन्दिरमा चौथो आरती

शनिबार हरिहर मन्दिरमा महाआरती भएको छ । हरेक शनिबार हुने आरतीको यो शृंखला भागवत भास्कर कमलनयन गौतमको अध्यक्षतामा भएको हो ।

धार्मिक संस्कृतिलाई जिबन्त राख्न र संस्कारको विकास गर्ने उदेस्य का साथ शुरु गरिएको महाआरतीमा गण्डकी प्रदेश सांसद इन्द्रधारा बिस्टले संसारका सबै प्राणीलाई सुख र शान्ति प्राप्त होस् भनी कामना गरे ।

आरतीमा मालपोत कार्यलय प्रमुख ज्ञानराज पाण्डे, लमजुङ्ग का सहायक सि।डि।यो। अनिल शाही, पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठ, बानका केन्द्रिय सचिब दुर्गा अधिकारी, पोखरा १७ का वडा सचिब सुवास पौडेल लगाएत उपस्थित थिए ।

पहिलो आरती कार्यक्रम हरियाली आमा समूहको खर्चमा भएको थियो दोश्रो आरती लक्ष्मी शर्मा भन्डारीको जन्मदिनको अबसरमा उनकै खर्चमा भएको थियो । तेस्रो आरती ढुङ्गेसांघु आमा समूहको ब्यबस्थापन र खर्चमा भएको थियो । शनिबारको आरती समाजसेवी कमल पुन र ईस्वरी न्यौपानेको खर्चमा भएको हो ।

शनिबार नेत्र भन्डारी र पत्रकार माधव पनेरुले आरतीको खर्च व्यहोर्ने घोषणा गरेका छन् । यस्तै, बिमला पौडेल र मन्जु गुरुले पनि आफ्ना जन्मदिनमा आरतीको खर्च व्यहोर्ने प्रतिवद्धता गरेका छन् ।